हिमाल जोगाउन २० वर्षसम्म एक महिने ‘सगरमाथा वृक्षरोपण महाअभियान’
सारांश
- सरकारले आगामी वर्षदेखि एक महिने वृक्षरोपण अभियान चलाउने निर्णय गरेको छ।
- यो अभियानले कार्बन उत्सर्जन कम गर्ने, हिमालय र जैविक विविधताको संरक्षण गर्ने लक्ष्य राखेको छ।
- यो अभियानमा संघ, प्रदेश र स्थानीय सरकारको सहभागिता रहनेछ र यसलाई राष्ट्रिय पर्वको रूपमा मनाइनेछ।
काठमाडौँ । सरकारले एक महिने वृक्षरोपण अभियान चलाउने भएको छ । सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको भन्दै मन्त्रालयले भर्खरै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्व जगतलाइ ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’ को आह्वान गरेको थियो ।
सोही संवादलाई आधार मानेर नेपालबाट नै हिमालय जोगाउने प्रयासका रूपमा वृक्षरोपण अभियानलाई चलाउने तयारी गरेको हो यसको लागि ८ असारमा मन्त्रिपरिषद्ले २० वर्षसम्म प्रत्येक एक महिना वृक्षरोपण गर्ने निर्णय गरेको थियो ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जमिन, विद्यालय तथा कार्यालय प्राङ्गण, सार्वजनिक तथा निजी जग्गामा फलफूल,जडीबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण गर्न नागरिक तथा समुदायलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ ।
यो अभियानले कार्बन उत्सर्जन न्यूनीकरण, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, भावी पुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण लगायत हुने अपेक्षा गरिएको छ ।
यो अभियानमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरू सहभागी हुनेछन् भने अन्य सङ्घ संस्थाहरूलाई पनि सरकारले आह्वान गरेको हो । वृक्षरोपण आफ्ना पूर्वजहरूको सम्झनामा, भावी पुस्ताको सुरक्षित भविष्यका लागि गर्न सकिने मन्त्रालयले जनाएको छ । यसलाई राष्ट्रिय पर्वका रूपमा संस्थागत गर्ने प्रयास मन्त्रालयको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण