मन्त्रिपरिषद् बैठक
कर्जा असुली न्यायाधिकरण र सार्वजनिक खरिद पुनरावलोकन समिति गठन
शुक्रबार, १३ असार २०८२, १७ : २४
सारांश
- सरकारले सहकारी कर्जा असुलीका लागि न्यायाधिकरण गठन गरेको छ, जसमा कीर्तिबहादुर बस्नेत अध्यक्ष छन्।
- मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ।
- सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा रघुराम विष्टलाई नियुक्त गरेको छ।
काठमाडौँ । सरकारले सहकारी सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको कारबाही र किनारा लगाउन कर्जा असुली न्यायाधिकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिबहादुर बस्नेतको अध्यक्षतामा ३ सदस्यीय न्यायाधिकरण गठन गरेको हो ।
जसको सदस्यमा वसन्तराज पुरी र गोविन्दनाथ शर्मा गैरे रहेका छन् । त्यसैगरी बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ । त्यसबाहेक सरकारले सार्वजनिक खरिद पुनरावलोकन समिति पनि गठन गरेको छ । रघुराम विष्ट संयोजकत्वमा ३ सदस्यीय पुनरावलोकन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण