इरानमा ३० सुरक्षा प्रमुख र ११ आणविक वैज्ञानिक मारिएको इजरायलको दाबी
सारांश
- इजरायलले इरानसँगको १२ दिने युद्धमा ३० भन्दा बढी सुरक्षा अधिकारी र ११ जना आणविक वैज्ञानिक मारेको दाबी गरेको छ।
- इजरायली सेनाले इरानको मिसाइल उत्पादन क्षमतामा क्षति पुर्याएको र हवाई सुरक्षा कमजोर पारेको बताएको छ।
- युद्धमा इरानमा ६२७ र इजरायलमा २८ जनाको मृत्यु भएको बताइएको छ, जसले आणविक परियोजनामा असर पारेको छ।
काठमाडौँ। इजरायलले हालै इरानसँग भएको १२ दिने युद्धका क्रममा इरानका ३० भन्दा बढी वरिष्ठ सुरक्षा अधिकारी र ११ जना वरिष्ठ आणविक वैज्ञानिकको मारिएको दाबी गरेको छ।
उक्त युद्धमा इजरायली वायु सेनाले ९०० भन्दा बढी लक्ष्यमा हमला गरेको र इरानको मिसाइल उत्पादन क्षमतामा पनि ठूलो क्षति पुर्याएको दाबी गरिएको छ।
इजरायली सैन्य अधिकारीका अनुसार जुन १३ मा इजरायलले इरानमा गरेको आश्चर्यजनक आक्रमणले इरानको हवाई सुरक्षामा गम्भीर क्षति पुर्याएको र प्रारम्भिक घण्टाहरूमा प्रतिक्रिया दिने क्षमतालाई कमजोर बनाएको थियो।
आक्रमणबाट इरानी आणविक परियोजनामा गम्भीर धक्का पुगेको छ इजरायली अधिकारीले बताएकाे अलजजीराले जनाएको छ । इजरायली अधिकारीले इरानको ९० प्रतिशत युरेनियम समृद्ध गर्न सक्ने क्षमतामा दीर्घकालीन असर परेको साथै हाल इरानसँग आणविक हतियार बनाउने क्षमता नभएको दाबी गरेका छन्।
इरानी अधिकारीहरूका अनुसार यस युद्धमा इरानमा ६२७ जनाको मृत्यु भएको छ भने इजरायली अधिकारीहरूले २८ जनाको मृत्यु भएको पुष्टि गरेको गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण