ट्रेलरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
सारांश
- फिल्म 'यो मन त मेरो नेपाली हो' को ट्रेलर सार्वजनिक गरिएको छ, जसमा कलाकारहरुको संघर्ष देखाइएको छ।
- भुटानबाट लखेटिएका नेपालीभाषी शरणार्थीको कथामा आधारित यो फिल्मले भाषा र संस्कृतिको संरक्षणको कथा बोल्छ।
- निर्देशक नर प्रधानले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिको बारेमा जानकारी दिने उद्देश्य राखेको बताए।
काठमाडौँ । २७ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘यो मन त मेरो नेपाली हो’ काे ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, बुद्धि तामाङ लगायत देखिएका छन् । ट्रेलरमा नेपाली भाषा, कला, संस्कृति जोगाउन कलाकारकाले गरेको सङ्घर्ष समेटेको छ ।
नर प्रधान ‘मित्र’ निर्देशित फिल्ममा भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थी अमेरिका पुगेपछि आफ्नो भाषासंस्कृतिका लागि गर्ने संघर्षको कथामा बनेको हो ।
कार्यक्रममा निर्देशक प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षण गर्न फिल्म बनाएका बताए । उनले ‘यो मन त मेरो नेपाली हो’ राष्ट्र प्रेमले ओतप्रोत फिल्म भएको जानकारी दिए ।
अभिनेत्री आयुशा समालले फिल्म अभिनयबाट नेपाली भाषा, संस्कृतिको बारेमा अझ धेरै जानकार भएको बताइन् ।
अभिनेता रोशन श्रेष्ठले फिल्म दर्शकको रुचिलाई ध्यानमा राखेर निर्माण भएको दाबी गरे । उनले फिल्मले दर्शकलाई मनोरञ्जनको अलावा राष्ट्रियताको बारेमा पनि जानकारी दिने बताए ।
ज्ञानबहादुर प्रधान यसका निर्माता रहेको फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्म अमेरिकाको केही स्थानमा प्रदर्शन भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण