रेसुङ्गा नगरपालिका प्रमुख सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि लफडा
सारांश
- गुल्मीको रेसुङ्गा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भए।
- घाइते बुटवलको अस्पतालमा उपचाररत छन्, भने स्थानीयले नगर प्रमुख सवार गाडीले ठक्कर दिएर फरार भएको भन्दै विरोध जनाए।
- प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।
बुटवल । गुल्मीको रेसुङ्गा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट नगरपालिका–१ निवासी रञ्जित खत्री रहेका छन् ।
उनी हाल बुटवलको बेलबासस्थित एडम सिटी अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीसमेत सवार गाडीले नागरिकलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दुर्घटनापछि गाडी नरोकी अघि बढेपछि आक्रोशित स्थानीयवासीले गाडीमा सवार अन्य कांग्रेस नेताहरूलाई समेत हातपातको प्रयास गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र रानाले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण