सामाजिक सञ्जालमा सक्रिय सदस्यका लागि दुई दिवसीय प्रशिक्षण गर्दै जसपा नेपाल
शनिबार, १४ असार २०८२, ०९ : ५७
सारांश
- जसपा नेपालले सामाजिक सञ्जालमा सक्रिय सदस्यहरूका लागि दुई दिने प्रशिक्षण दिने भएको छ।
- प्रशिक्षण असार १६ र १७ गते जनकपुरधाममा हुनेछ, जसको उद्देश्य सूचना सञ्चारलाई बलियो बनाउनु हो।
- प्रशिक्षणमा पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले सामाजिक सञ्जाल प्रयोगबारे प्रशिक्षण दिनेछन्।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरूको लागि दुई दिवसीय (आवासीय) प्रशिक्षण गर्ने भएको छ ।
सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई असार १६ र १७ गते जनकपुरधाममा प्रशिक्षण दिन लागिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
सामाजिक सञ्जाललाई लक्षित गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गरी सञ्चालन गर्न प्रत्येक जिल्लाहरूबाट आइटी सेलमा आबद्ध भएर सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले प्रशिक्षण दिने बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण