राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा रौतहटमा १३ सय बिरुवा लगाइयो
सारांश
- राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा रौतहटमा विभिन्न कार्यक्रम आयोजना गरियो।
- चन्द्रपुरमा १३ सय बिरुवा रोपियो, जसमा टिक, महागानी, सतिसाल र ईमलीका बिरुवा थिए।
- कार्यक्रममा वन संरक्षण र हरियाली कायम राख्न प्रतिबद्धता व्यक्त गरियो।
रौतहट । राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को विशेष अवसरमा रौतहटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रदेश वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण महाशाखाको समन्वयमा रौतहटको चन्द्रपुरमा १३ सय बिरुवा रोपेर वृक्षारोपण दिवस मनाइएको हो।
वृक्षारोपण कार्य जनपक्षीय सामुदायिक वन उपभोक्ता समूह, चन्द्रपुर नगरपालिका ४ जुङी कोइरी छेउस्थित वन क्षेत्रमा बिरुवा रोपिएको हो। ५ सय टिक, ३ सय महागानी, ३ सय सतिसाल र २ सय ईमलीको बिरुवाहरू रोपिएको डिविजन प्रमुख साहले जानकारी दिए। वृक्षारोपण कार्यले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागीहरूले वृक्षारोपणसँगै वन संरक्षण तथा संवर्धनमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको संयोजक डिभिजन वन कार्यालयका हेमन्त साहले बोल्दै रौतहट जिल्लामा हरियाली कायम गर्न तथा स्थानीयको जीवनस्तर उकास्न र बढ्दो तापक्रमलाई न्यूनीकरण गर्नको लागि वृक्षारोपण अत्यावश्यक रहेको बताए। डिभिजन वन कार्यालयका अनुसार आगामी दिनमा समेत निरन्तर रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
वन अधिकृत साहको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख जिल्ला अधिकारी मनोज प्रभाकर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालय, रौतहटका कर्मचारीहरू, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरू, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय प्रतिविद्धताअनुसार प्रत्येक वर्ष असार १४ देखि २० गतेसम्म वृक्षारोपण सप्ताह मनाइने गरिन्छ। उक्त अवसरमा देशभर वृक्षारोपण कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण