एकीकृत समाजवादीमा अर्ली महाधिवेशन गरौँ : झाँक्री
सारांश
- नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी समस्या देखिएकाले महाधिवेशनको माग गरेकी छिन्।
- उनले पार्टी सुदृढीकरणका लागि असन्तुष्टिहरूलाई सम्बोधन गर्दै 'अर्ली महाधिवेशन' मा जानुपर्ने बताइन्।
- झाँक्रीले नेतृत्वमा एउटै व्यक्ति रहँदा 'मास फ्रस्ट्रेसन' भएको र पार्टीलाई करेक्सन गर्नुपर्ने धारणा राखिन्।
बुटवल । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक समस्या देखिएकाले अब अर्ली महाधिवेशनमा जानुपर्ने बताएकी छन् । पार्टी निकट युवा सङ्घ नेपाल रुपन्देही जिल्ला भेलालाई शनिबार तिलोत्तमामा सम्बोधन गर्दै उनले समस्याको समाधान अर्ली महाधिवेशनबाट खोजिनुपर्ने बताएकी हुन् ।
पतञ्जलिको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपामाथि मुद्दा चलेपछि अध्यक्ष पद छाड्ने की नछाड्ने भन्ने विषयमा बहस भइरहेको बेला झाँक्रीले पार्टी पुनर्गठन गर्नुभन्दा अर्ली महाधिवेशनमा जानु राम्रो हुने बताइन् । उनले कानुनी र संवैधानिक हिसाबले एकीकृत समाजवादी सहित अन्य पार्टीका सदस्यहरूमाथि पनि समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै अब पार्टी सुदृढ बनाउन करेक्सन गर्दै जानुपर्ने जिकिर गरिन् ।
एकीकृत समाजवादीको गत महाधिवेशन मनोनीतहरूबाट भएको सन्दर्भ कोट्याउँदै अब त्यसो गर्न नहुने उनको भनाई थियो । उनले पार्टीलाई सुधार गरेर लैजानुपर्नेमा जोड दिँदै अब असन्तुष्टिहरूलाई थुन्न नहुने बताइन् ।
नेता झाँक्रीले नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेशसन’ भएको समेत दाबी गरिन् । उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरू बढ्दै जाँदा अराजकहरूको हातमा राजनीति जान सक्ने सङ्केत गरिन् । उनले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भएपनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण