शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

आइतबार, १५ असार २०८२, ०९ : १०
आइतबार, १५ असार २०८२

सारांश

  • सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
  • भारत घर भएका ३५ वर्षीय गणेश शर्मालाई ६.६ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।
  • शर्मालाई लागूऔषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट शनिबार सशस्त्र प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३५ वर्षीय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

बीआर ५० एए ८३६७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले शङ्का लागि जाँच गर्दा उनको साथमा प्लास्टिकले बरेर राखिएको ६।६ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो ।

नियन्त्रणमा लिएका शर्मालाई बरामद लागूऔषतसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप