संसदीय समितिको ढोकामा शिक्षक नेताहरूको लर्को
सारांश
- विद्यालय शिक्षा विधेयक निर्माणको अन्तिम चरणमा शिक्षक नेताहरूले भेटघाटलाई तीव्रता दिएका छन्।
- शिक्षकको आवधिक बढुवामा असहमति जनाउँदै शिक्षक नेताहरू संसदीय समितिको ढोकामा पुगेका हुन्।
- आवधिक बढुवामा ९० नम्बर ल्याउन नसकिने भन्दै त्यसलाई घटाउनुपर्ने शिक्षक नेताहरूको भनाइ छ।
काठमाडौँ । विद्यालय शिक्षा विधेयक निर्माणको अन्तिम चरणमा पुगेका बेला शिक्षक नेताहरूले भेटघाटलाई तीव्रता दिएका छन्। शिक्षक नेताहरू संसदीय समिति सदस्यहरूलाई भेट्न समितिको ढोकामै पुगेका छन्।
विधेयकमा आफ्ना विषयमा दबाब दिन शिक्षक नेताहरू संसदीय समितिको ढोकैमा पुगेका हुन् । शनिवारको शिक्षा समिति बैठकमा शिक्षकको आवधिक बढुवामा सहमति जनाएको थियो।
शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ वर्ष सेवा अवधि पूरा गरेको शिक्षक आवधिक बढुवाको लागि योग्य हुने प्रस्ताव पारित गरेको थियो ।
सोही विषयमा असहमति जनाउँदै शिक्षक नेताहरू संसदीय समितिको ढोकामै पुगेका हुन्। उनीहरूले सांसदहरू चन्द्र भण्डारी, सुमना श्रेष्ठ लगायतका भेट गरेर आफ्ना विषयमा जानकारी गराएका हुन्।
आवधिक बढुवामा ९० नम्बर ल्याउन नसकिने भन्दै त्यसलाई घटाउनुपर्ने शिक्षक नेताहरूको भनाइ छ। नेपाल शिक्षक महासङ्घ सह अध्यक्ष नानुमाया पराजुलीले प्राविधिक रूपमा ९० नम्बर ल्याउन नसकिने बताइन । त्यसका लागि ८० नम्बर हुनुपर्ने माग गरिन्। त्यसैका लागि लबिङ दिन शिक्षक नेताहरू संसदीय समितिको ढोकामा पुगेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण