इन्डोनेसियामाथि नेपालको ३ सय ७० रनको शानदार जित, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन
सारांश
- नेपालले यू-१६ इस्टो जोन कपमा इन्डोनेसियालाई ३७० रनले पराजित गरेको छ।
- खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिए, जसले नेपाललाई लगातार तेस्रो जित दिलायो।
- नेपालले ४२१ रनको लक्ष्य दिएपछि इन्डोनेसियाले ५० रन मात्र बनायो।
काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ ।
सेलानगोर मलेसियामा आइतबार सम्पन्न खेलमा कप्तान विपिन शर्मा एक्लैले ६ विकेट लिए । यससँगै नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो ।
नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो ।
इन्डोनेसियाका लागि केभिन चड्डाले १५ र दिभित नाडाले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए । ७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २० रन बनाएको थियो ।
नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतकीय पारी खेले । परिमार्जनले २८ बलमा ७१ रन बनाउँदा रौनकले ७१ बलमा ८८ र जोयले ४१ बलमा ५७ रन बनाए ।
नेपालका सुगम बुढाथोकीले ३९ रनको योगदान गरे । इन्डोनेसियका लागि केटुट दर्माले दुई विकेट लिँदा केभिन निरज चड्डा, महेन्द्र आजी र रहान रिजाले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल ३ खेलबाट ६ अंक जोडेर समूह ‘ए’ तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो सभएको सिंगापुरको ४ खेलबाट ६ अंक छ ।
सिंगापुर नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको हो । नेपालले यसअघिको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराउँदा जापानमाथि ९ विकेटको जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण