उपनिर्वाचनबारे छलफल गर्न लोकतान्त्रिक मोर्चाको बैठक सुरु
आइतबार, १५ असार २०८२, १३ : ४६
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाको बैठक दरबारमार्गको होटलमा सुरु भयो, रेशमलाल चौधरीको अध्यक्षतामा बैठक बसेको हो।
- यसअघि असार १२ गते बसेको बैठकमा रुपन्देही क्षेत्र न. ३ को उपचुनावबारे छलफल भए तापनि टुङ्गो लागेन।
- आजको बैठकमा उपनिर्वाचनबारे छलफल र सातै प्रदेशमा कार्यक्रम गर्ने विषयमा निर्णय लिने तयारी छ।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक दरबारमार्गको एक होटलमा सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षमा यो दोस्रो बैठक बसेको हो ।
यसअघि उनकै अध्यक्षमा असार १२ गते पनि बैठक बसेको थियो । सो बैठकमा रुपन्देही क्षेत्र न. ३ को उपचुनाव सम्बन्धमा छलफल भएको थियो तर टुङ्गो लागेको थिएन ।
उपनिर्वाचनका सम्बन्धमा मोर्चामा आबद्ध दलहरूले छलफल गर्ने अनि मात्र बैठकबाट टुङ्गो लगाउने सहमतिअनुसार आज बैठक बस्न लागेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । त्यस्तै बैठकले सातवटै प्रदेशमा कार्यक्रम गर्ने विषयमा पनि छलफल गरेर टुङ्गो लगाउने तयारी गरेको छ ।
बैठकले कार्यविधिका बारेमा छलफल गरेर त्यसलाई पनि पूर्णता दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण