चार किसान सम्मानित
सारांश
- तनहुँ कृषि ज्ञान केन्द्रले धान दिवसको अवसरमा चार किसानलाई सम्मान गरेको छ।
- सम्मानित किसानहरूले सुन्तला, तरकारी, र अन्य बालीहरूबाट वार्षिक लाखौंको आम्दानी गर्छन्।
- कृषि फर्महरूले उन्नत प्रविधिको प्रयोग, रोजगारी सिर्जना, र स्थानीय उत्पादनमा योगदान पुर्याउँछन्।
तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारासहित आयोजित आयोजित धान दिवसको कार्यक्रममा जिल्लाका चार किसानलाई सम्मान गरेको छ ।
व्यास नगरपालिका, कृषि ज्ञान केन्द्र तनहुँ र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाको संयुक्त रूपमा आज व्यास–९ गजौडेमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा चार किसानलाई सम्मान गरिएको हो । म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित उमादेवी कृषि फर्मका सञ्चालक निर्मल अधिकारी, भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित गैह्रे पशु तथा कृषि फर्मका सञ्चालक कृष्णप्रसाद गैह्रे, म्याग्दे गाउँपालिका–६ स्थित डेकबहादुर गुरुङ र भानु थक्रेकस्थित अनुग्रह कृषि तथा पशु फार्मका सञ्चालक छेनर्बु तामाङलाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको हो ।
कृषक अधिकारीले ४५ रोपनी क्षेत्रफलमा सुन्तला खेतीबाट वार्षिक रु २५ लाख आम्दानी गर्दै आएका छन् । उक्त फार्मले उन्नत मेसिनरी औजार तथा प्रविधिको प्रयोग, सिँचाइ व्यवस्थापनको लागि पोखरी निर्माण, कृषि बिमा, कृषि ऋणमा पहुँच र वार्षिक १० जनालाई रोजगारी सिर्जना गर्दै आएको छ ।
त्यस्तै गैह्रेले करिब ३० रोपनी क्षेत्रफलमा तरकारी खेतीमार्फत रु २५ लाख वार्षिक कारोबार गर्दै आएका छन् । गैह्रे फार्ममा तरकारी खेती (काउली, बन्दा), एकीकृत फर्म सञ्चालन कृषि बालीसँगै आठ वटा दूध दिने उमेरका भैँसीपालन गरिएको छ । फार्मले उन्नत प्रविधिको प्रयोग, थोपा सिँचाइ र वार्षिक चार जनालाई रोजगारी सिर्जना गर्दै आएको छ ।
यस्तै कृषक गुरुङले करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक रु १५ लाखको कारोबार गर्दै आएका छन् । यस फार्मले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छ । मुख्यतः आलु, काउली, बन्दा, मुला, धनियाँ, ब्रोकाउली, गाजर, लहरे तरकारी खेती गर्दै आएको छ ।
यसैगरी कृषक तामाङले करिब १७ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक रु २० लाखको आर्थिक कारोबार गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस फार्ममा रैथाने फलफूल खेती र मसलाजन्य खेती गरिँदै आएको छ ।
यी कृषि फार्मले स्थानीयलाई रोजगारी दिनुका साथै उत्पादन बिक्री वितरण र कृषिमा युवालाई प्रोत्साहन गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण