तान्जानियामा बस दुर्घटना : ३८ जनाको मृत्यु
सारांश
- तान्जानियाको किलिमञ्जारो क्षेत्रमा बस र मिनिबस ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ।
- दुर्घटना बसको टायर पञ्चर भएर चालकले नियन्त्रण गुमाउँदा भएको बताइएको छ, जसमा आगलागीसमेत भएको थियो।
- घाइतेमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने, तान्जानियामा यस्ता सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।
डार एस सलाम । तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा शनिबार साँझ बस र मिनिबस आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ ।
राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुर्घटनामा दुई महिलासहित ३८ जनाको ज्यान गएको पुष्टि गरिएको छ । साथै, २८ जना घाइते भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार दुर्घटना बसको टायर पञ्चर भएपछि चालकको नियन्त्रण गुम्दा भएको हो । ठोक्किए पछिको आगलागीले क्षति थप भयावह बनाएको बताइएको छ ।
‘दुर्घटनामा परेका मध्ये ३६ जनाको शरीर पूर्ण रूपमा जलेकोले पहिचान गर्न कठिन भएको छ,’ विज्ञप्तिमा भनिएको छ । अहिले पनि घाइतेमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तान्जानियामा यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको सन् २०१८ को प्रतिवेदन अनुसार सन् २०१६ मा मात्रै तान्जानियामा १३ हजार देखि १९ हजार जना मानिस सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण