बजेटमा बदमासी गर्ने गण्डकीका अर्थसचिव कारबाहीमा
सारांश
- गण्डकी प्रदेशका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई बजेट निर्माणमा बदमासी गरेको आरोपमा कारबाही गरिएको छ।
- मुख्यमन्त्री कार्यालय मातहत जगेडामा तानिएका पाण्डेमाथि नीतिगत प्रक्रिया उल्लंघन र पालिकामा बजेट केन्द्रित गरेको आरोप लागेको छ।
- पाण्डेले आफ्नो पालिका भानु नगरपालिकामा ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको विषयमा छानबिन हुने भएको छ।
पोखरा । बजेट निर्माणमा बदमासी गरेको भन्दै गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई कारबाही गरिएको छ । आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई प्रदेशको अर्थ मन्त्रालयबाट हटाउने निर्णय लिएको हो ।
उनलाई मुख्यमन्त्री कार्यालय मातहत जगेडामा तानिएको छ । ‘उहाँलाई पत्र गइसकेको छ । बजेटमा भएको गलत गतिविधिको चाहिँ आन्तरिक छानबिन हुन्छ’ मुख्यमन्त्री कार्यालयका एक उच्च कर्मचारीले भने, ‘अर्थको जिम्मेवारीबाट तान्नु पनि कारबाही हो ।’
मन्त्रालय स्रोतका अनुसार विकास कार्यक्रम तयार गर्ने क्रममा नीतिगत प्रक्रिया उल्लङ्घन, विषयगत मन्त्रालयको सिफारिसविनै योजना समावेश र आफ्नै पालिका भानु नगरपालिकामा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको आरोप उनीमाथि छ ।
वार्षिक विकास कार्यक्रम अध्ययन गर्दा पाण्डेको जन्मस्थान समेत रहेको तनहुँको भानु नगरपालिका, विशेषतः चितिखोला क्षेत्रमा मात्रै दर्जनौँ योजना विनियोजन गरिएको छ । जसको समाचार रातोपाटीले तथ्यसहित लेखेको थियो । बेलीब्रिज निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन, वृत्तचित्र निर्माण जस्ता शीर्षकमा झन्डै ३३ करोड रुपैयाँ बजेट खन्याइएको छ ।
पाण्डेले गरेको काममा सांसदहरूले प्रश्न उठाएका थिए । जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार संवेदनशील रहेको र छिट्टै परिमाण देखिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण