बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

सोमबार, १६ असार २०८२, २२ : २८
सोमबार, १६ असार २०८२

सारांश

  • कालीकोटको गगनेखोला र जिते नजिक पहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
  • सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका थिए र सोमबार बिहानदेखि सडक बन्द थियो।
  • सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालयको पहलमा पहिरो पन्छाउने काम भयो।

कालीकोट । पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो ।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार, शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको हो । पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए । 

‘साँघुरो सडकका कारण दोहोरो रुपमा गाडी गुडाउन  समय लाग्ने गरेको छ’, उनले भने, ‘डोजरले सडक फराकिलो पार्ने काम भइरहेको छ ।’ सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म तथा जुम्ला र मुगुबाट सुर्खेतका लागि छुटेका सवारीसाधन बाटोमै थन्किएपछि यात्रुले सास्ती पाएका थिए । सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप