अल हिलाल सामु सिटी स्तब्ध
सारांश
- म्यान्चेस्टर सिटी फिफा क्लब विश्वकपको अन्तिम १६ बाट साउदीको क्लब अल हिलालसँग ४-३ गोलले पराजित भयो।
- सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित भयो, खेलमा ब्रनान्डो शिल्भाले गोल गरेका थिए।
- अल हिलालले क्वाटरफाइनलमा फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी फिफा क्लब विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार बिहान भएको खेलमा साउदीको क्लब अल हिलालसँग ४–३ गोल अन्तरले पराजित हुँदै सिटी बाहिरिएको हो ।
क्याम्पेनिङ वोल्र्ड स्टेडियममा सुरुवाती लिएको अग्रतालाई जोगाउन नसक्दा सिटी पराजित भएको हो । खेलको नवौं मिनेटमा ब्रनान्डो शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलको ४६औँ मिनेटमा अल हिलालका लागि मार्काेस लेनार्डाेले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । ५२औँ मिनेटमा मेल्कमले गोल गर्दै अल हिलाललाई २–१ गोलको अग्रता दिलाए ।
५५औँ मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ९४औँ मिनेटमा कालिडोले गोल गर्दै पुनः अल हिलाललाई ३–२ गोलको अग्रता दिलाए ।
खेकलो १०४औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरीमा ल्याए । खेलको ११२औँ मिनेटमा मार्काेसले गोल गर्दै अल हिलाललाई ४–३ गोलको जित दिलाए ।
अल हिलालले अब क्वाटरफाइनलमा फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण