मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धेरै कमाउने सूचीमा परेन ‘महानायक’ र ‘मेगास्टार’को फिल्म

मङ्गलबार, १७ असार २०८२, १२ : ०२
मङ्गलबार, १७ असार २०८२

सारांश

  • राजेश हमाल र अनमोल केसी अभिनीत फिल्महरूले बढी कमाइ गर्ने सूचीमा स्थान पाएनन्।
  • चलचित्र विकास बोर्डले २५औँ वार्षिक उत्सवमा सर्वाधिक व्यापार गर्ने २५ फिल्मलाई सम्मान गर्‍यो।
  • पशुपति प्रसाद २, कबड्डी, र महापुरुष जस्ता फिल्महरू सर्वाधिक कमाइ गर्ने सूचीमा परे।

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा अभिनेता राजेश हमाललाई ‘महानायक’ र अनमोल केसीलाई ‘मेगास्टार’को रूपमा सम्बोधन गर्ने गरिन्छ । तर यी दुवै कलाकारले अभिनय गरेको फिल्म बढी कमाउने सूचीमा पर्न सकेन ।

चलचित्र विकास बोर्डले २५ औँ वार्षिक उत्सवमा सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको छ । जसमा हमाल र केसी अभिनीत फिल्म भने पर्न सकेन ।

सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा पशुपति प्रसाद २, कबड्डी, महापुरुष, पुजार सार्की, कबड्डी कबड्डी कबड्डी, प्रेम गीत ३, परदेशी २, अञ्जिला, दिमाग खराब, छ माया छपक्कै, बोक्सीको घर, कबड्डी कबड्डी, ऊनको स्विटर, शत्रु गते, छक्का पन्जा २, कोहिनुर, छक्का पन्जा ५, महाजात्रा, छक्का पन्जा, जारी, छक्का पन्जा ४, १२ गाउँ, कबड्डी ४, पूर्णबहादुरको सारङ्गी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप