मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अहिलेसम्मकै सर्वाधिक आम्दानी गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक

सोमबार, १६ असार २०८२, १६ : ४४
सोमबार, १६ असार २०८२

सारांश

  • नेपाल चलचित्र विकास बोर्डले २५औँ वार्षिकोत्सवमा सर्वाधिक आम्दानी गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक गर्‍यो।
  • मुकुन भुसाल र विजय बराल अभिनीत 'पूर्णबहादुरको सारंगी' सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो, जसले ४६ करोड ८७ लाख आम्दानी गर्‍यो।
  • सूचीमा कबड्डी ४ दोस्रो, १२ गाउँ तेस्रो, छक्का पन्जा ४ चौथो र जारी पाँचौ स्थानमा रहे।

काठमाडौँ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा अहिलेसम्मकै सर्वाधिक आम्दानी गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक गरिएको छ।  यो सूचीमा मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको सारंगी’ सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्मको रुपमा पहिलो स्थानमा रहेको छ। 

 निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेल, रमेश चौलागाईं सहितको टोलीले तयार गरेको सो फिल्मले ४६ करोड ८७ लाख ४१ हजार ४९७ रुपैयाँ आम्दानी गरेको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । 

त्यस्तै, दोस्रो स्थानमा बासुरी फिल्म्सको ‘कबड्डी ४’ रहेको छ । जसले २१ करोड ४० लाख ७५ हजार २१० रुपैयाँ कमायो। तेस्रोमा विराज भट्ट फिल्म्स प्रालिको ‘१२ गाउँ’ पर्दछ । उक्त फिल्मले १९ करोड ९२ लाख ७७ हजार ७६३ रुपैयाँ आम्दानी गरेको छ।

सूचीअनुसार चौथो स्थानमा ‘छक्का पन्जा ४’ छ जसले १७ करोड ५३ लाख २ हजार ६११ रुपैयाँ कमायो भने पाँचौं स्थानमा ‘जारी’ फिल्म छ जसले १७ करोड ४८ लाख १ हजार ४५९ रुपैयाँ व्यापार गरेको छ।

यसरी सार्वजनिक सूचीमा २५औं स्थानमा रहेको फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ ले ७ करोड ३२ लाख २० हजार रुपैयाँ कमाएको छ।

नेपाल चलचित्र विकास बोर्डले यो अवसरमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्मका निर्माता, निर्देशक तथा कलाकारहरुलाई सम्मानसमेत गरेको छ।

२५ फिल्मको सूची हेर्नुहोस्– 

टुकी आर्ट्स प्रालिको–  पशुपति प्रसाद २ : भष्मे डन (७ करोड ३२ लाख २० हजार व्यापार) 
ब्ल्याक हर्स पिक्चर्स – कबड्डी   (७ करोड ३४  लाख  ९५ हजार २ सय ५० रुपैयाँ )
षटकोण आर्ट्स :   महापुरुष  (७ करोड ३५ लाख ७९ हजार ८ सय ८५ रुपैयाँ )
किङ्गडम नेटवर्क प्रालिः पुजार सार्की (७ करोड ३८ लाख २३ हजार १ सय ८७) 
बासुरी फिल्म्स : कबड्डी कबड्डी कबड्डी  (७ करोड ५९ लाख ५० हजार ६ सय ९२ रुपैयाँ)
आसुसेन फिल्म्स प्रालि : प्रेम गीत ३ ( ७ करोड ६३ लाख ४५ हजार ३ सय ९२) 
आमा सरस्वती मुभिज : छक्का पन्जा ३ ( ७ करोड ८३ लाख ८ हजार रुपैयाँ )
नारायण इन्टरटेनमेन्ट : परदेशी २ ( ७ करोड ९२ लाख ३८ हजार २ सय ४० रुपैयाँ) 
मुन लभ इन्टरनेटमेन्ट : अञ्जिला  ( ८ करोड ८३ लाख ५९ हजार ८ सय ४५ रुपैयाँ )
सिनेमा आर्ट्स :  दिमाग खराब  (८ करोड ९८ लाख ६ हजार ९ सय ७ रुपैयाँ) 
रोहित अधिकारि फिल्मस : छ माया छपक्कै (९ करोड ९२ लाख ८७ हजार १ सय ३९ रुपैयाँ) 
केकी अधिकारी फिल्म्स : बोक्सीको घर (१० करोड १० लाख २० हजार ९ सय १७ रुपैयाँ )
बासुरी फिल्म्स : कबड्डी कबड्डी ( १० करोड ३५ लाख ३२ हजार २० रुपैयाँ )
आर्टमांडू प्रालि  ः ऊनको स्विटर  (११ करोड ६ लाख ७६ हजार ६ सय २१ रुपैयाँ )
महसञ्चार : शत्रु गते  (१२ करोड ६५ लाख ८२ हजार १ सय ३५ )
आमा सरस्वति मुभिज : छक्का पन्जा २ (१४ करोड ५१ लाख ५४ हजार २ सय ३० रुपैयाँ)
नेपा मुभिज प्रालि : कोहिनुर ( १४ करोड ७५ लाख ५० हजार २ सय ५४)
आमा सरस्वति मुभिज प्रालि : छक्का पन्जा ५ (१५ करोड २० लाख ३६ हजार ८ सय ८३ रुपैयाँ )
महाजात्रा : म्याक्स  (१५ करोड ६७ लाख ९९ हजार ६ सय १४ रुपैयाँ )
आमा सरस्वति मुभिज : छक्का पन्जा (१६ करोड १० लाख २२ हजार ३ सय ५० रुपैयाँ )
जारी : ( १७ करोड ४८ लाख १ हजार ४ सय ५९ रुपैयाँ) 
आमा सरस्वति मुभिज : छक्का पन्जा ४ (१७ करोड ५३ लाख २ हजार ६ सय ११ रुपैयाँ)  
विराज भट्ट फिल्स्म प्रालि : १२ गाउँ ( १९ करोड ९२ लाख ७७ हजार ७ सय ६३ रुपैयाँ)  
बासुरी फिल्म्स : कबड्डी ४ (२१ करोड ४० लाख ७५ हजार २ सय १० रुपैयाँ )  
सेभेन सिज सिनेमाज : पूर्णबहादुरको सारंगी  (४६ करोड ८७ लाख ४१ हजार ४ सय ९७ रुपैयाँ ) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप