७५ लाख जरिवाना तोकिएका दुई प्रतिवादी पक्राउ
मङ्गलबार, १७ असार २०८२, २१ : १२
काठमाडौँ । प्रहरीले काठमाडौँबाट बैकिङ्ग कसुर र चेक अनादर मुद्दाका दुई जना प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङको मध्य नेपाल नगरपालिका–७ घर भएर महाराजगञ्ज बस्ने ५१ वर्षीय दिपेन्द्र राज घिमिरे र काभ्रेको बनेपा घर भएर काठमाडौँ–६ बस्ने ५७ वर्षीय बुद्धिनाथ न्यौपाने छन् ।
बैकिङ्ग कसुर मुद्दामा घिमिरेलाई अदालतले ४३ लाख ५० हजार जरिबाना हुने फैसला गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेर उनलाई अदालतमा उपस्थित गराएको छ ।
चेक अनादर मुद्दामा बुद्धिनाथ न्यौपानेलाई काठमाडौँ जिल्ला अदालतले ३१ लाख ५० हजार जरिवाना र २ वर्ष कैदमा राख्ने फैसला गरेको छ । उनीहरूलाई पक्राउ गरेर अदालत उपस्थित गराइएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण