बिजुलीको तार अचानक भुइँमा खस्यो, करेन्ट लागेर एकै परिवारका तीन जना घाइते
मङ्गलबार, १७ असार २०८२, २२ : ३१
सारांश
- हेटौँडामा करेन्ट लागेर एकै परिवारका ३ जना घाइते भएका छन् ।
- बिजुलीको पोलमा काम गर्ने क्रममा तार खसेर पुडासैनी परिवार घाइते भए ।
- घाइतेहरुलाई हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवन पठाइयो।
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा आज साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् ।
विद्युत्को कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्को तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनको श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र उनको नातिनी एक वर्षीया श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घाइते तीनै जनालाई हेटौँडा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण