खाडी मुलुकमा कार्यरत नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्न जाँदै कुलमान
सारांश
- कुलमान घिसिङले खाडी मुलुकमा रहेका नेपालीहरूको जीवन बुझ्न भ्रमण गर्ने भएका छन्।
- उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूसँग भेटघाट गर्नेछन्।
- घिसिङले नेपालीहरूको दुःख, आत्मबल र योगदान सुन्न चाहेको बताएका छन्।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट केही महिनाअघि हटाइएका कुलमान घिसिङले खाडी मुलुकहरूको भ्रमण गरेर त्यहाँ कार्यरत नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्न प्रयास गर्ने भएका छन् ।
मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्ने तथा आफ्ना अनुभवहरू साटासाट गर्ने प्रयासस्वरूप आफू भ्रमणमा निस्किएको जानकारी गराएका हुन् ।
‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु’, उनले फेसबुकमा भनेका छन्, ‘मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।’
उनले नेपालीहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न नसकिने उल्लेख गर्दै भनेका छन्, ‘म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।’ उनले भ्रमणबारे अरु थप विषय भने खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण