पर्याप्त वर्षा नहुँदा सिरहामा रोपाइँ प्रभावित
सारांश
- सिरहामा असारको मध्यसम्म पनि वर्षा नहुँदा किसानहरू रोपाइँ गर्न नसकेर चिन्तित छन्।
- सिँचाइको अभावमा किसानहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्, जसले गर्दा रोपाइँमा ढिलाइ भएको छ।
- कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १८ प्रतिशत मात्र रोपाइँ भएको छ, र उत्पादनमा असर पर्ने सम्भावना छ।
सिरहा। असारको मध्यसम्म पनि सिरहाका धेरै खेत सुक्खै छन् । खेत जोतिएको छ, बीउ पनि तयार छ, तर वर्षा नहुँदा रोपाइँ थाल्न नसकेका किसान आकाशतिर हेर्दै पानीको पर्खाइमा छन् । सिँचाइको भरपर्दो व्यवस्था नहुँदा सिरहाका किसान आज पनि आकासे पानीको भरमा खेती गर्न विवश छन् ।
रोपाइँ सकेर हरियाली भइसक्नुपर्ने खेत अझै सुनसान छन् । कहिले वर्षा होला र धान रोपाइँ सुरु गर्न पाइएला भनेर किसानको अनुहारमा चिन्ता झल्किन थालेको छ । वर्षा लागिसकेको भए पनि पर्याप्त पानी नपर्दा उनीहरूको पर्खाइ लम्बिँदै गएको छ ।
“समयमा वर्षा नहुँदा रोपाइँ गर्न पाइएन । पानी परेपछि मात्र काम अघि बढ्छ” लहान नगरपालिका–२३ का रामकुमार यादवले भने, “हामी त हरेक बिहान आकाश हेर्छौँ । कहिले बादल लाग्छ, कहिले घाम आउँछ । तर, पानी पर्दैन ।” उनले रोपाइँका लागि झण्डै दुई बिघा खेत जोतिसकेका छन्, बीउ पनि तयार छ, तर वर्षा नहुँदा हात बाँधेर बस्न बाध्य हुनुपरेको छ । वर्षा नहुँदा रोपाइँको याम नै खेर जाने चिन्ता बढेको उनले बताए ।
सिरहालगायत तराईका अन्य जिल्लामा अझैपनि अधिकांश किसान आकाशे पानीमै भर पर्ने गर्दछन् । सिँचाइको सुविधा नहुँदा वर्षाको भरमा खेती गर्ने किसानलाई प्रत्येक वर्ष असार महिनामा आकाशले साथ दिने/नदिने कुराले ठूलो प्रभाव पार्छ ।
कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार जिल्लामा कुल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन छ । तर हालसम्म जम्मा १८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । उनले भने, “अहिलेसम्म भएको रोपाइँ पनि किसानले बोरिङ्गको सहायताले गरेका हुन् ।”
कृषि ज्ञान केन्द्रको आकलनअनुसार केही दिनभित्र पर्याप्त वर्षा नभए बाँकी खेतीयोग्य जमिनमा रोपाइँ गर्ने समय ढिला हुँदै जान्छ । यसको प्रत्यक्ष असर धान उत्पादनमा पर्नेछ । सिँचाइ सुविधा विस्तार, जल सञ्चयन प्रणालीको विकास, र मौसमी पूर्वानुमानमा आधारित कृषि तालिकाको आवश्यकता किसानले बारम्बार उठाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण