बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य उपचारपछि अभिनयमा फर्किँदै कमेडियन गौडेल

बुधबार, १८ असार २०८२, १० : ५६
बुधबार, १८ असार २०८२

सारांश

  • मेक्सम गौडेल स्वास्थ्य समस्याका कारण केही समयपछि फेरि अभिनयमा फर्कने भएका छन्।
  • उनले सामाजिक सञ्जालमा स्वास्थ्यमा सुधार आएको र छिट्टै काममा फर्कने बताएका छन्।
  • गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि दिल्ली गएका थिए र 'कमेडी नाइट विथ च्याम्पियन्स' मा पनि देखिएका थिए।

काठमाडौँ । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल अभिनयमा फर्किने भएका छन् । स्वास्थ्य समस्याका कारण केही समयदेखि अभिनय बाहिर रहँदै आएका उनले छिट्टै अभिनयमा फर्किने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो स्वास्थ्यमा सुधार आएको समेत जानकारी दिएका छन् । ‘कठिन परिस्थितिमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा साथै विभिन्न सामाजिक सञ्जालहरूबाट मेरो स्वास्थ्यको कामना गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद साथै शुभचिन्तकहरूको मायाको आभारी छु’, उनले अगाडि भनेका छन् ‘आवश्यक उपचार र केहि समयको आरामपछि म हजुरहरूले नै मन पराउनु भएको, माया दिनुभएको काममा छिट्टै फर्किँदै छु ।’

गौडेल प्याङ्क्रियाजमा घाउ भएपछि केही महिना अगाडि उपचारका लागि  दिल्लीको मेदान्त अस्पताल भर्ना भएका थिए ।

उनी पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा देखिँदै आएका थिए । नयाँ सिजनको पहिलो एपिसोड देखिनै देखिँदै आएका उनी४ एपिसोड गरेपछि बिरामी भएका थिए । ‘कमेडी नाइट विथ च्याम्पियन्स’को अहिले १४ एपिसोड समेत प्रसारण भैसकेको छ ।

‘कमेडी च्याम्पियन’मा प्रतियोगीको रूपमा उदायका गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप