राष्ट्रियसभा बैठक सुरु
सारांश
- राष्ट्रियसभाको बैठकमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ प्रस्तुत गर्नुहुनेछ।
- विभिन्न मन्त्रालयका बजेटमा उठेका प्रश्नको जवाफ दिने र आर्थिक विधेयक, २०८२ प्रस्तुत हुनेछ।
- संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा पेस हुनेछ।
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
आजै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।
त्यस्तै, सहरी विकास, सञ्चार, ऊर्जा, भौतिक, कृषि, रक्षा अर्थ, शिक्षा, श्रम, युवा तथा खेलकुद मन्त्रालयको बजेट माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रालयको मन्त्रीले जवाफ दिनेछन् । त्यस्तै आजै अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू राष्ट्रियसभामा प्रस्तुत गर्नेछन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भन्सार विधेयक, २०८० माथि छलफल गरियोस र पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछ ।
बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभासमक्ष टेबुल गर्नुहुने’ कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण