बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

बुधबार, १८ असार २०८२, १३ : २७
बुधबार, १८ असार २०८२

सारांश

  • ऊर्जा मन्त्री दीपक खड्काले दुई वर्षभित्र देशभर विद्युत् पहुँच शतप्रतिशत पुर्‍याउने बताए।
  • मन्त्रीका अनुसार, दुई वर्षपछि प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट पुग्ने लक्ष्य छ।
  • सरकारले २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत् पहुँच शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरू अगाडि बढाइएको बताएका हुन् । उनले यो लक्ष्य हासिल भएमा मुलुक ऊर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘कुल अनुमानित रोजगारी सिर्जना आठ लाख ६५ हजार एक सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यसले अप्रत्यक्ष रूपमा पनि लाखौँ रूपमा सिर्जना गर्नेछ । यो लक्ष्यलाई कार्यान्वयन गर्ने गरी सरकारले आफ्नो कामकारबाही अगाडि बढाएको छ ।’

सरकारले सन् २०३५ भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रम अघि बढाइएको पनि मन्त्री खड्काले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप