मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

‘कुलिङ पिरियड’ मा भइरहेको चलखेलबारे छानबिन गर्न माओवादीको माग

बुधबार, १८ असार २०८२, १६ : ०३
बुधबार, १८ असार २०८२

सारांश

  • माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' निष्प्रभावी भएकोमा छानबिनको माग गरेको छ।
  • प्रवक्ता अग्निप्रसाद सापकोटाले विधेयकमा चलखेल भएको आरोप लगाउँदै छानबिनको माग गरेका हुन्।
  • विधेयकमा 'कुलिङ पिरियड' हटाउन रहस्यमय ढंगले चलखेल भएको र यसलाई गम्भीर रूपमा छानबिन गर्नुपर्ने माग छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ । बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेको हो । 

विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको सापकोटाले आरोप लगाए । ‘यो  एकदम रहस्यमय छ । कहिले संसद् अवरुद्ध छ भनेर पर सारियो । कहिले ‘अल अफ सडेन’ कार्यसूचीमा राखियो । समितिले सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस, सेना, प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने सपाट सत्य थियो । 

त्यसलाई उल्टाएर जालसाजी ढङ्गले कुलिङ पिरियड नराख्ने चलखेल भएको छ । यो धेरै गम्भीर छ । यसलाई प्रारम्भिक दृष्टिकोणबाट छानबिन गर्नुपर्छ भनेर सरकारसँग अपिल गछौँ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप