रुपन्देहीको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा ताला, अध्यक्ष फरार
सारांश
- रुपन्देहीको तिलोत्तमामा रहेको सहकारीमा तालाबन्दी गरिएको छ।
- सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएपछि बचतकर्ताहरूले बचत फिर्ताको माग गरेका छन्।
- छानबिनका क्रममा माइन्युट च्यातेर भागेको र ५५ करोड पुँजीमध्ये १०-१५ करोड हिनामिना भएको अनुमान छ।
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित श्री डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा तालाबन्दी भएको छ ।
सहकारी संकटमा फसेपछि सहकारीका सल्लाहकार बेल प्रसाद शर्माको नेतृत्वमा छानबिन भइरहेका बेला माइन्युट च्यातेर अध्यक्ष , सचिव र व्यवस्थापक फरार भएसँगै वडा कार्यालयको समन्वयमा प्रहरी बोलाएर कार्यालयमा ताला लगाइएको वडा सचिव गोकुल गिरीले रातोपाटीलाई जानकारी दिए ।
यससँगै आफ्नो बचत फिर्ताको माग गर्दै बचतकर्ताहरू बुधबार दिउँसो कार्यालयमा जम्मा भएका छन् ।
सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री र व्यवस्थापक वसन्त पराजुली फरार रहेका हुन् । वडा सचिव गिरीले सहकारीबारे छानबिन भइरहेका बेला सचिव थापा क्षेत्रीले माइन्युट च्यातेर भागेको सिसिटिभीमा देखिएको बताए ।
सहकारी छानबिन समिति संयोजक एवं सहकारीका पूर्व सल्लाहकार बेल प्रसाद शर्माले १८ सय सदस्य रहेको सहकारीको ५५ करोड पुँजी भएको रातोपाटीलाई बताए । त्यसमध्ये १० देखि १५ करोड रकम हिनामिना भएको प्रारम्भिक अनुमान रहेको खुलाए ।
सहकारीका एक बचतकर्ता राम प्रसाद खनालले सहकारी आफ्नो ४ वर्षदेखिको बचत फिर्ता नगरेको बताए । उनले आफ्नो र श्रीमतीको गरी करिब २ लाख रुपैयाँ सहकारीमा रहेको बताए । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले सहकारीमा समस्या आइपरेको जानकारी प्राप्त भएको भन्दै अव कसरी जाने भन्नेबारे छलफल चलिहरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण