कास्कीमा घरेलु हिंसा बढ्दो
पोखरा । कास्कीमा घरेलु हिंसाका घटनाहरू बढ्दो छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा ११४ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् ।
६ महिनाको अवधिमा ९२ वटा घरेलु हिंसाका घटना अभिलेख गरिएको इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिए । गत वर्षको यही अवधिमा घरेलु हिंसाका ५३ घटना भएका थिए । ‘अघिल्लो वर्ष कम घटनाहरू अभिलेख भएका थिए । अहिले त ह्वात्तै बढेको देखिन्छ,’ उनले भने ।
त्यसबाहेक, बालअधिकार, जातीय विभेदका घटना पनि धेरै छन् । बालअधिकार अन्तर्गत ९ वटा घटना छन् । ती मध्ये बालिका बलात्कारका ७ वटा र बालबालिका कुटपिटका २ वटा घटना भएको खकुरेलले बताए । अमानवीय व्यवहार तथा दुर्व्यवहारका २ वटा, कुटपिटका २ र हत्याका १ वटा घटना छन् ।
यस्तै जातीय विभेदका १, महिला अधिकार सम्बन्धी महिला बलात्कारका ७ वटा घटना भएको इन्सेकले जनाएको छ ।
गत वर्ष यही अवधिमा जम्मा ९३ वटा घटना अभिलेख भएको थियो । इन्सेकले विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धीहरूमाथि आधारित रहेर वर्षभरि देशभरिका घटनाहरू सङ्कलन गर्ने र विश्लेषणसहित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ प्रकाशन गर्दै आएको छ ।
आगामी वर्षको मानव अधिकार वर्ष पुस्तकका लागि घटना सङ्कलन भइरहेको इन्सेक कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटले बताए ।
बुधबार पोखरामा भएको पूर्व समीक्षा कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मानव अधिकार उल्लङ्घन र आपराधिक घटना फरक विषय भएको भन्दै यस्ता घटनाको गहिरो विश्लेषण गरी नीति निर्माणमा योगदान दिनुपर्नेमा बताइन् ।
उनले उजुरी लिने निकायले उजुरी नलिँदा पनि मानव अधिकारको उल्लङ्घन हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण