एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
बिहीबार, १९ असार २०८२, १० : ००
सारांश
- एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज आलोकनगरमा बस्दैछ।
- बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा र रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरणबारे छलफल हुनेछ।
- निजामती विधेयकमा भएको चलखेलबारे समेत छलफल हुने नेताहरूले बताएका छन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण लगायत समसामयिक राजनीतिबारे छलफल हुनेछ । यसबाहेक निजामती विधेयकमा भएको चलखेलबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।
आजको बैठकमा महाससिचव घनश्याम भुसाल र सम्मानित नेताले धारणा राखेपछि बैठक आजै सम्पन्न गर्ने तयारी छ । गत साता सुरु भएको बैठक दुई दिन बसेर स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण