नेपालको भौतिक पूर्वाधारको दुर्दशाले घटे चिनियाँ पर्यटक
सारांश
- चिनियाँ पर्यटक घट्नुमा नेपालको पूर्वाधारको दुर्दशा र डिजिटल प्रचारको कमी मुख्य कारण रहेको छ।
- चीन सरकारको आन्तरिक पर्यटनमा जोड र सडकको खराब अवस्थाले पनि चिनियाँ पर्यटकको संख्या घटाएको छ।
- पर्यटन प्रवर्द्धनका लागि सरकारले चीनमा नेपाल सुरक्षित रहेको र घुम्न लायक ठाउँबारे प्रचार गर्नुपर्ने देखिन्छ।
नेपालको पूर्वाधारको दुर्दशाले चिनियाँ पर्यटक आउन कम भएका हुन् । कोभिडअगाडि चिनियाँ पर्यटकको सङ्ख्याले गति समातिसकेको थियो, तर जब कोभिड आएर चीनले आफ्ना नागरिकको आवतजावतमा रोक लगायो, त्यसपछि उल्लेखनीय रूपमा पर्यटक आएनन् ।
पछिल्लो समय हामीले बुझेअनुसार चिनियाँ पर्यटकहरू नेपालको सडकको अवस्था देखेर पनि नआउने गरेका छन् । चिनियाँहरू डिजिटल रूपमा धेरै अगाडि छन्, यहाँ आउने चिनियाँ पर्यटकले नेपालका भत्केका बाटा र पहिरोका तस्बिर आफ्नो सामाजिक सञ्जालमा हालिहाल्छन्, त्यसले खराब सन्देश गइरहेको छ । कतिपय चिनियाँहरू नेपाल–चीन सीमा नाकाबाट नेपाल आउँदा सडककै कारण अलपत्र परेका छन् र चीनमा नेपालमा बाढी–पहिरो गइरहन्छ भन्ने सन्देश अझै कायम छ । त्यसले पनि असर गरेको हुन सक्छ ।
चिनियाँहरू आफैँ पनि अहिले कम घुम्न थालेका छन् । कोभिडको वेलामा सरकारले नै रोक लगाइहाल्यो, त्यसपछि उनीहरूको अर्थतन्त्र पनि केही कमजोर भयो । जसका कारणले चीन सरकारले अन्तर्राष्ट्रिय भ्रमणमा जानुभन्दा आन्तरिक पर्यटनमा जोड दिन नागरिकलाई आग्रह गर्यो । त्यहीअनुरूप उनीहरू तयार पनि भएको देखिन्छ ।
- ‘डिजिटल अभियान छैन’
सरकारले चिनियाँ पर्यटक लक्षित गरेर डिजिटल अभियान सञ्चालन गर्न सकेन । जसका कारण पनि नेपालमा चिनियाँ नागरिक घट्दै जान थाले । चीनमा सभा, गोष्ठी गरेर नेपालको बजेट सक्ने काम मात्र गर्नु हुँदैन, उनीहरूको धेरै समय नै मोबाइलमा बित्छ, त्यसो हुँदा नेपालको पर्यटन प्रवर्द्धन गर्ने गरी डिजिटल अभियान आवश्यक छ । त्यो हुन सकेको छैन ।
नेपालमा पर्यटक आउने तीन मुख्य देशहरूको विगत १० वर्षको हिस्सा प्रतिशतमा देखाइएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालमा चिनियाँ पर्यटकहरूको पछिल्लो समय हिस्सा घट्दा अमेरिकाको भने बढिरहेको देखिन्छ ।
- कसरी बढाउने त ?
सरकार अब सरकार पर्यटन प्रवर्द्धनमा गम्भीर हुनुपर्छ ।
‘मूलतः हाम्रो देशको अर्थतन्त्र दिगो बनाउने भनेको पर्यटनले नै हो । यसलाई हामीले संसारमा बेच्न सक्नुपर्छ । यसका लागि पर्यटक लक्षित गरेर प्रचार गर्न आवश्यक छ । पछिल्लो समय नेपालीहरू चीन ओहोरदोहोर गरिरहे पनि सरकारले नै चीनमा नेपाल सुरक्षित छ, घुम्ने ठाउँहरू यी हुन् भनेर प्रचारमूलक काम गर्नुपर्छ ।
चीनबाट आउने पर्यटक अन्य देशका जसरी मात्रै आउँदैनन्, उनीहरू हाम्रा नाकाहरूबाट पनि सवारीसाधनमार्फत आउने गर्छन् । त्यसका लागि चीनसँग जोडिएका सडकहरू मर्मत गर्ने र सुरक्षित बनाउने काम गर्नुपर्छ । अन्तर्राष्ट्रिय मिडियामा नेपालको हवाई सुरक्षाको विषयमा कुरा उठ्छ, त्यो पनि सरकारले स्पष्ट पार्दै जानुपर्छ ।
नेपालमा पर्यटन व्यवसायीहरूले दिनुपर्ने गुणस्तरीय सेवामा कमीकमजोरी नहुने गरी काम गरेका छन् । व्यवसायीका तर्फबाट कमजोरी भएको छैन, बरु कसरी आकर्षण गर्ने भनेर हामी प्याकेजहरू ल्याइरहेका हुन्छौँ । सरकार नै यसमा अलि गम्भीर हुनुपर्ने हो कि भन्ने लाग्छ ।
(नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टका अध्यक्ष कुमारमणि थपलियासँगको छोटो कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण