नेपाल र उज्बेकिस्तानको खेल पेनाल्टीसम्म पुग्ने अवस्थामा
बिहीबार, १९ असार २०८२, १० : ५५
सारांश
- एएफसी वुमेन्स एसिया कप छनोटमा नेपाल र उज्बेकिस्तानको खेल रोमाञ्चक बन्यो।
- दुवै टोलीको अङ्क र गोल अन्तर बराबर भएपछि पेनाल्टी हुने सम्भावना छ।
- छनोटको अन्तिम खेलमा बराबरी भएमा एएफसीको नियमअनुसार पेनाल्टी हुनेछ।
काठमाडौँ । एएफसी वुमेन्स एसिया कप छनोट अन्तर्गत समूह ‘एफ’ मा नेपाल र आयोजक देश उज्बेकिस्तानको खेल निकै रोमाञ्चक अवस्थामा पुगेको छ ।
दुवै टोलीले दुई खेल खेल्दा अङ्क र गोल अन्तरले दुवै टोली बराबरीको अवस्थामा छ । यस्तो अवस्थामा एएफसीले खेल पेनाल्टीसम्म पुग्ने अवस्था हुनेछ ।
छनोट प्रतियोगिताको अन्तिम खेलमा दुई टोलीले प्रतिस्पर्धा गर्दैछन् । छनोट प्रतियोगिता र नेपालको समूहको अन्तिम प्रतियोगिता भएका कारण फाइनल खेलमा दुई टोलीको बराबरी भएमा पेनाल्टी हुनेछ ।
एएफसीले छनोट प्रतियोगिताको अन्तिम खेल भएका कारण गोल अन्तरमा दुवै टोली बराबरी अवस्थामा पुग्दा पेनाल्टी सुट आउटबाट खेलको निर्णय हुनेछ नियम बनाएको छ ।
समूह एफमा नेपाल र उज्बेकिस्तानको दुई खेलबाट ६ अङ्क छ । दुई टोलीको गोल अन्तर पनि १७ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण