यो वर्ष कतिले बढ्यो करको दायरा ?
सारांश
- यस वर्ष सरकारले करको दायरा विस्तार गर्दै ५ लाख ७३ हजारभन्दा बढी नयाँ करदाता थपेको छ।
- नयाँ करदाता थपिने क्रम बढ्दै जाँदा कुल करदाताको संख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ, जसले औपचारिक प्रणालीमा आवद्धता बढेको देखाउँछ।
- व्यक्तिगत प्यान लिनेको संख्यामा वृद्धि भएको छ, र व्यावसायिक प्रतिष्ठानहरू पनि करको दायरामा आएका छन्।
काठमाडौँ । यो वर्ष सरकारले करको दायरा उल्लेखनीय रूपमा बढाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिना (चैत मसान्तसम्म) मा मात्रै ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको सङ्ख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ । यो सङ्ख्या देशको कुल जनसंख्याको करिब २३ प्रतिशत हो । जसले आर्थिक गतिविधि क्रमशः औपचारिक प्रणालीमा आबद्ध हुँदै गएको सङ्केत गरेको छ ।
मन्त्रालयको तथ्याङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करदाता थपिने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यसवर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएका छन् ।
व्यक्तिगत प्यान लिनेको बर्चस्व
चालु आर्थिक वर्षको चैतसम्म थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको छ । यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । यो थपिएको कुल सङ्ख्याको करिब ८४ प्रतिशत हो ।
रोजगारीमा रहेका व्यक्तिहरू, परामर्शदाता र व्यक्तिगत आय भएका नागरिकहरूले व्यक्तिगत प्यान लिने गर्छन् । यसले रोजगारीकाे क्षेत्र र व्यक्तिगत आयमा औपचारिक रुपमा महत्त्वपूर्ण योगदान पुगेको देखाउँछ ।
त्यसैगरी व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या पनि उत्साहजनक रुपमा बढेकाे छ । याे अवधिमा ९१ हजार ७७३ नयाँ व्यावसायिक प्रतिष्ठान करको दायरामा आएका छन् । यसले नयाँ व्यवसाय दर्ता र उद्यमशीलतामा भइरहेको वृद्धिलाई सङ्केत गर्दछ ।
कर कट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर भने १ हजार ८३९ थपिएकाे छ । हालसम्म कुल करदाता सङ्ख्या ६७ लाख ९९ हजार ८९५ मध्ये व्यक्तिगत प्यानको हिस्सा पनि ठुलो देखिएको छ । कुल ४७ लाख २७ हजार ७५४ जनाले व्यक्तिगत प्यान लिएका छन् । जुन कुल सङ्ख्याको ६९.५ प्रतिशत हो ।
त्यसैगरी, व्यावसायिक प्यान लिनेको सङ्ख्या २० लाख ३५ हजार ८७४ (२९.९ प्रतिशत) पुगेको छ । कर कट्टी गर्ने निकायको सङ्ख्या भने ३५ हजार ९६७ (०.५ प्रतिशत) रहेको छ ।
स्थायी लेखा नम्बरका अतिरिक्त मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्यामा पनि विस्तार भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा १८ हजार ५६१ नयाँ करदाता भ्याटमा दर्ता भएका छन् । योसँगै भ्याटमा दर्ता हुने कुल करदाताको सङ्ख्या ३ लाख ४५ हजार १७८ पुगेको छ ।
त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या पनि बढेको छ । यस अवधिमा ६ हजार ८९६ नयाँ करदाता थपिँदा अन्तःशुल्कमा दर्ता हुनेको कुल सङ्ख्या १ लाख २४ हजार २६४ पुगेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाउँछ ।
करको दायरामा भएको यो विस्तारले सरकारको राजस्व सङ्कलनलाई दिगो बनाउन र अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण