रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु
बिहीबार, १९ असार २०८२, १२ : ५५
सारांश
- रौतहटमा करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्यु भएको छ ।
- कटहरिया नगरपालिका-८ की रोशनी कुमारी यादवको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भयो ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
रौतहट । रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका–८ पोखरिया बस्ने रामपुकार यादवकी छोरी १४ वर्षीया रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।
गुजरा नगरपालिका–६ बेदौलीस्थित लत्रेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण