आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
बिहीबार, १९ असार २०८२, १३ : १२
सारांश
- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक काठमाडौंमा सुरु भयो।
- बैठकमा माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा र रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणबारे छलफल हुनेछ।
- निजामती विधेयकमा भएको चलखेलबारे पनि छलफल हुने नेताहरूले बताएका छन्, बैठक आजै सम्पन्न गर्ने तयारी छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण लगायत समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । यसबाहेक निजामती विधेयकमा भएको चलखेलबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।
आजको बैठकमा महाससिचव घनश्याम भुसाल र सम्मानित नेताले धारणा राखेपछि बैठक आजै सम्पन्न गर्ने तयारी छ । गत साता सुरु भएको बैठक दुई दिन बसेर स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण