प्रहरीको नाममा डकैती, थप एक जना पक्राउ
सारांश
- मोरङ प्रहरीले प्रहरीको नाममा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विराटनगरका कुशल पाण्डे रहेका छन्, उनीमाथि यसअघि ज्यान मार्ने उद्योग र अभद्र व्यवहारको मुद्दा रहेको छ।
- प्रहरीले यसअघि दुई जनालाई पक्राउ गरेको थियो र उनीहरूले एक व्यक्तिबाट ३ लाख ६४ हजार रुपैयाँ लुटेका थिए।
मोरङ । प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा-११ बस्ने २५ वर्षीय कुशल पाण्डे रहेका छन् ।
पाण्डेविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय रानी मोरङबाट मन्जु तामाङको ज्यानमार्ने उद्योग मुद्दामा मुद्दा दर्ता रहेको, तथा अभद्र व्यवहार मुद्दामा समेत संलग्न रहेको अभिलेखबाट देखिएको प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए । पाण्डेलाई लुटेको १ लाख ५० हजार र वारदातमा लगाएको कालो रंगको ट्रयाक र ट्राउजर थानसहित प्रहरीले पक्राउ गरेको नायब उपरीक्षक सुनारको भनाई छ ।
यसअघि प्रहरीले असार १५ गते दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत असार ११ गते बिहान ११:१५ बजे विराटनगर–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा जम्मा गर्न लैजाँदै गरेको रु. ३ लाख ६४ हजार रुपैयाँ रातो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले लुटपाट गरेका थिए।
पीडितका अनुसार सिटी सफारीमा यात्रा गरिरहेका बेला रानीस्थित राइस मिल नजिक ती व्यक्तिहरूले स्कुटर रोकेर आफूहरू ‘जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको अनुसन्धान टोली हौँ’ भनी झूटो परिचय दिँदै नियन्त्रणमा लिएका थिए। उनीहरूले पीडितलाई स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर–१४ स्थित एकान्त स्थानमा लगेर धम्की दिँदै साथमा रहेको नगद रकम लुटेर फरार भएका थिए।
प्रहरीले अनुसन्धानको क्रममा असार १५ गते सो घटनामा प्रयोग भएको को.१४ प. ३३३० नम्बरको स्कुटरसहित समीर हुसेन र आशिफ अन्सारीलाई पक्राउ गरेको थियो। उनीहरूलाई पीडितले सनाखत समेत गरिसकेको छ।
प्रहरीले उनीहरूमाथि शरीर बन्धक बनाई डाँका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण