राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र, श्रेणीविहीन कर्मचारीहरूको माग सम्बोधन गर्न आग्रह
बिहीबार, १९ असार २०८२, १६ : ३९
सारांश
- आजपाले श्रेणीविहीन कर्मचारीहरूको माग सम्बोधनका लागि राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझायो।
- संघीय निजामती सेवा विधेयक २०८२ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको छ।
- आजपा प्रवक्ताका अनुसार निजामती विधेयकमा भएको छेडछाडको नैतिक जिम्मेवारी सभामुखले लिनुपर्छ।
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरूको माग सम्बोधन गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
प्रतिनिधि सभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक २०८२’ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको छ ।
आजपाले काठमाडौंको सिंहदरबारमा आज राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई ज्ञापन पत्र बुझाएको हो । आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा श्रेणीविहीन कर्मचारीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न गराउन विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने माग गरेको छ ।
ज्ञापन पत्र बुझाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आजपा प्रवक्ता साहले निजामती विधेयकमा भएको छेडछाडको नैतिक जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण