बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विदेशी भूमिमा रहेको नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री

बिहीबार, १९ असार २०८२, १७ : २८
बिहीबार, १९ असार २०८२

सारांश

  • श्रममन्त्री भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको स्वामित्व लिनुपर्ने बताए।
  • मन्त्रीका अनुसार, कतिपय नेपाली ठगिएर विदेशमा पुगेका छन् भने कतिपय कागजातविहीन छन्।
  • उनले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न एकद्वार प्रणालीमार्फत सेवा दिने बताए।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको स्वामित्व लिनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा पौरखी नेपालले आयोजना गरेको कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा काम गरिरहेका नेपालीहरूको राज्यले स्वामित्व लिनुपर्ने बताएका हुन् ।

‘नेपाली कामदारहरू विभिन्न माध्यमबाट कामको लागि विदेशी भूमिमा पुगेका छन् । कतिपय ठगिएर पुगेका छन्, कतिपय औपचारिक माध्यमबाट गएर लुकेर लामो समय देखि कागजातविहीन भएर बसेका छन् । तिनीहरू सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नुपर्‍यो, होइन भने स्वामित्व लिनुपर्छ ।’

मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन, पलायनको क्रम राखिएन यी विषयमा गम्भीरतापूर्वक समीक्षा हुनुपर्ने बताए । ‘गाउँबाट मान्छे मात्रै पलायन भएका छैनन्’, उनले भने, ‘गाउँमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन् रोजगारीको अभाव सृजना भएको हो । ’

उनले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सबै पक्ष इमानदार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिनुभन्दा श्रम अनुमति दिनुपर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनुपर्छ । काम गर्न जाने कामदार तयार छन्, कामका लागि लैजाने मुलुक तयार छन् । अनि हामीले रोकेर रोकिन्छ ?’

उनले अहिले वैदेशिक रोजगारको नाममा एक नेपालीले अर्को नेपालीलाई ठग्ने गरेको घटनाहरू प्रति चिन्ता व्यक्त गर्दै यस्ता ठग, बिचौलिया र एजेन्टहरूलाई तह लगाउन एकद्वार प्रणाली मार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान गर्न मन्त्रालयले कडा मिहिनेत गरी रहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप