पोखरा विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माण सम्पन्न
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमको इन्धन डिपो निर्माण गरिएको छ । निगमले आफ्नो ५५ वर्षे इतिहासमा पहिलो पटक पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट यो परियोजना सम्पन्न गरेको परियोजनाका प्रमुख ई प्रदीप यादवले जानकारी दिए ।
निगमले बिहीबार विमानस्थलस्थित हवाई डिपो परिसरमा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएको हो । डिपोमा १२ सय किलोलिटर क्षमताका तीन वटा गरी कुल तीन हजार ६ सय किलोलिटर भण्डारण क्षमताका ट्याङ्क निर्माण गरिएको छ ।
ट्याङ्क निर्माणको लागि परामर्शदाता र डीपीआरको काम पुल्चोक इञ्जिनियरिङ क्याम्पसलाई दिइएको थियो । कार्यक्रममा इन्सिच्युट अफ इञ्जिनियरिङका सहायक डिन सुरज लामिछानेले विदेशी परियोजनाका आयोजनालाई मात्रै उत्कृष्ट मान्ने प्रवृत्तिबिच नेपालीको सबै विज्ञतामा बन्नु ऐतिहासिक भएको बताएका छन् ।
ईपीसी मोडलमा रहेको उक्त परियोजनाको लागत मूल्य अभिवृद्धि करबाहेक ७५ करोड रुपैयाँ रहेको छ । यसले पोखरामा बढ्दो आन्तरिक तथा बाह्य हवाई उडानको चापलाई ध्यानमा राख्दै इन्धनको सहज आपूर्तिका लागि ठुलो मद्दत निगमले जनाएको छ । निर्माण सम्पन्न भए पनि यसको उद्घाटन भने साउनमा मात्रै हुनेछ ।
अहिले निगमले पोखराको विमानस्थलको डिपोबाट इन्धन ल्याएर भर्दै गरेको थियो । यो सञ्चालनमा आएपछि अहिलेको माग अनुसार पोखरा विमानस्थलको चार महिनाको माग धान्ने अवस्था रहेको विमानस्थलले जनाएको छ ।
यद्यपि पछि विमानस्थलमा बढ्ने मागलाई समेत विचार गरेर सो क्षमताको विमानस्थल निर्माण गरिएको परियोजना प्रमुख यादवको भनाइ छ । डिपोमा १२ मिटर उचाइ र १२ मिटर व्यास भएका यी भर्टिकल स्टोरेज ट्यांकहरू अमेरिकी पेट्रोलियम इन्स्टिच्युड (एपीआई) को मापदण्डअनुसार निर्माण गरिएका छन् ।
सुरक्षालाई उच्च प्राथमिकता दिँदै डिपोमा अत्याधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको छ। आगलागी जस्ता घटना नियन्त्रणका लागि १२ सय किलोलिटर क्षमताको छुट्टै पानी ट्यांकी, ४ हजार लिटर क्षमताको ’फोम स्टोरेज’ ट्याङ्क, १३० घनमिटर क्षमताका दुई वटा डिजेल पम्प र ९५ हर्स पावरको एउटा जक्की पम्प जडान गरिएको निगमले जनाएको छ ।
लागत समायोजन र भेरिएसन अर्डरपश्चात् यस परियोजनाको संशोधित लागत अनुमान ७९ करोड रुपैयाँ (भ्याट बाहेक) रहेको छ । २०७७ चैतमा बोलपत्र आह्वान गरिएकोमा विभिन्न प्रक्रिया पूरा गर्दै २०८० साउन १ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा निर्माण कार्यको शिलान्यास गरिएको थियो ।
यो डिपो सञ्चालनमा आएसँगै पोखराबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक इन्धन सहज र निरन्तर रूपमा उपलब्ध हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण