सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे
सारांश
- मन्त्री बद्रीप्रसाद पाण्डेले सुशासनका लागि नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनुपर्ने बताए।
- उनले नियमन र सञ्चालन एउटै निकायले गर्न नसक्ने उल्लेख गरे।
- प्राधिकरणका कर्मचारीको विरोधका बाबजुद विधेयक ल्याएको पाण्डेको भनाइ छ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुशासनलाई ध्यान दिन नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन आवश्यक परेको बताएका छन् । नियमन र सञ्चालन एउटैले नसक्ने उनले बताएका हुन ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयकबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै उनले भने- ‘हाम्रोमा स्वः नियमन राम्रो छैन । त्यसकारण अर्को संस्था चाहिएको हो । अब हवाई सेवा सञ्चालन गर्ने संस्थाले सञ्चालनको काम राम्रो गर्ने र उड्डयनको नियमन गर्नेले पनि आफ्नो काम राम्रो गर्न टुक्राउन आवश्यक भएको हो ।’
पाण्डेले प्राधिकरणकै कर्मचारीले विरोध गरेको भए पनि आफूले कन्भिस गरेर विधेयक ल्याएको बताए । उनले नियामक निकायको आर्थिक स्रोतका लागि हवाई सेवाबाट उठ्ने निश्चित प्रतिशत नियामकमा जाने व्यवस्था गरे अरूको भर नपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण