हिमाचल प्रदेशमा भारी वर्षाका कारण मर्नेको सङ्ख्या ४३ पुग्यो
सारांश
- भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण हालसम्म ४३ जनाको मृत्यु भएको छ।
- विपद् व्यवस्थापनका अनुसार ३७ जना बेपत्ता भएका छन्, र ५०० करोडभन्दा बढीको सम्पत्तिमा क्षति पुगेको छ।
- मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २० जनाको मृत्यु र ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । त्यहाँको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बीबीसीलाई बताएअनुसार अहिलेसम्म ३७ जना बेपत्ता भएका छन् ।
‘हिमाचल प्रदेशमा जुन १९ मा मनसुन आइपुगेको थियो । त्यसपछि लगातार पानी परिरहेको छ । धेरै ठाउँमा बादल फाटेर निकै धेरै क्षति भएको छ’ राणाले भने । मनसुनमा सडक दुर्घटनाका कारण २६ जनाको मृत्यु भएको पनि राणाले बताए ।
एक अनुमानअनुसार हिमाचल प्रदेशमा ५०० करोड रुपैयाँभन्दा बढीको सम्पत्तिमा क्षति पुगेको उनको भनाइ छ । वर्षाका कारण मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । यस जिल्लामा २० जनाको मृत्यु भएको छ र ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको खबर छ ।
हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ । यसैबिच भारत मौसम विज्ञान विभागले जुलाई ७ सम्मका लागि अलर्ट जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण