भ्रातृसंस्थाको महाधिवेशन गर्न नयाँ समिति बनाऊँ : दीलेन्द्र बडू
सारांश
- नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले भ्रातृसंस्थाका तदर्थ समितिले महाधिवेशन गर्न नसक्ने बताए।
- बडूले निर्धारित समय नाघिसकेपछि पनि महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाहरूले अब अधिवेशन गर्न नसक्ने बताए।
- उनले विधान अनुसार नयाँ समिति बनाउन र समयसिमा तोक्न सुझाव दिए, जसले तोकिएको समयपछि स्वतः विघटन हुने व्यवस्था होस्।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले अहिले रहेका भ्रातृसंस्थाका तदर्थ समितिले महाधिवेशन गर्न नसक्ने बताएका छन् । सोमबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राख्दै पूर्व मन्त्रीसमेत रहेका बडूले निर्धारित समय नाघिसकेपछि पनि लामो समय बिताएका भ्रातृ संस्थाले अहिले पनि महाधिवेशन गर्न सक्छन् भन्ने ठोस आधार नदेखिएको बताए ।
‘निर्धारित समय नाघेर लामो समयसम्म महाधिवेशन गर्न नसक्ने भातृ र भगिनी संस्थाहरूले अब अधिवेशन गरिहाल्छन् भन्ने ठोस आधार देखिएको छैन,’ बडूले बैठकमा भने– ‘उचित समय तोकेर विधानमा व्यवस्था भएको सङ्ख्यामा नयाँ समिति बनाउने र त्यो अवधि समाप्त भएपछि स्वतः विघटन हुने व्यवस्था गरौँ ।’
निर्धारित समयमा पार्टीले दिएको जिम्मेवारी पूरा नगर्नेलाई नयाँ जिम्मेवारी दिन सकिँदैन है भन्ने चेतावनीसहित नयाँ समिति बनाए मात्र लामो समयसम्म महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाले महाधिवेशन गर्न सक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण