शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

अर्थ मन्त्रालयद्वारा विद्युत् प्राधिकरणका लागि १० अर्ब ऋण स्वीकृत

शुक्रबार, २० असार २०८२, १७ : ०५
शुक्रबार, २० असार २०८२

सारांश

  • सरकारले नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको छ।
  • विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अर्थ मन्त्रालयबाट ऋण लिने प्रस्ताव स्वीकृत भएको बताए।
  • प्राधिकरणले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ११ अर्ब ६१ करोड भुक्तानी गर्न बाँकी रहेको र सोही कारण ऋण लिन लागेको हो।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन सरकारले स्वीकृति दिएको छ । विद्युत् प्राधिकरणका अनुसार अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्तावलाई बुधवार स्वीकृत गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रस्तावलाई स्वीकृत गरेको बताए । उनले अर्थ मन्त्रालयले ऋण लिन स्वीकृति गरेको प्रस्ताव ऊर्जा मन्त्रालयले पनि स्वीकृत गरेको राटोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘अर्थ मन्त्रालयबाट प्राधिकरणको प्रस्ताव अनुसार सर्टटम लोनको स्वीकृति दिएको छ । ऊर्जा मन्त्रालयले छलफल गरेर पनि स्वीकृत गरिसकेको छ । मन्त्रालयले स्वीकृत गरेको पत्र आउन बाँकी छ । मन्त्रालयले स्वीकृत गरेर पत्र पठाएसँगै ऋण लिने प्रक्रिया अघि बढाउँछौँ ।’

प्राधिकरणको नेतृत्वमा आएसँगै शाक्यले प्राधिकरणको स्वेतपत्र जारी गर्दै अल्पकालीन ऋण लिने निर्णय गरेका थिए । उक्त निर्णयअनुसार अल्पकालीन ऋण लिनको लागि अर्थ मन्त्रालयको स्वीकृतका लागि प्राधिकरणले प्रस्ताव पठाएको थियो ।

त्यसपछि शाक्यले हरेक कार्यक्रममा प्राधिकरणले आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि पर्याप्त रकम प्राधिकरणसँग नभएको बताउँदै आएका छन् । प्रसारण लाइन तथा ट्रान्समिसन थप गर्नको लागि लगानीको आवश्यक रहेको उनले धारणा राख्दै आएका छन् । 

शाक्यले जारी गरेको स्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ठेक्काको लागि ११ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख थियो । त्यसैले प्राधिकरणले भुक्तानीका लागि जगेडा पैसा नरहेको र त्यसका लागि १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो ।

प्राधिकरणको कोषमा १० अर्ब १० करोड रकम रुपैयाँ रहेको छ । जसमा डलर/नेरू मुद्दती खातामा तीन अर्ब ६८ करोड र धरौटी खातामा तीन अर्ब ९५ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप