प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय
सारांश
- प्रधानमन्त्री केपी शर्माओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनायो, परराष्ट्र मन्त्रालयले जनायो।
- ओलीले विकासका लागि वित्तसम्बन्धी सम्मेलनमा भाग लिए, जहाँ विभिन्न देशका नेताहरूसँग भेटघाट भयो।
- भ्रमणले नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको सम्बन्धलाई सुदृढ बनाउन मद्दत गर्यो, साथै नेपालको छवि पनि बढायो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन मद्दत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले प्रेस नोट बाचन गर्दै यस्तो बताएका हुन् ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।
‘सम्मेलनका क्रममा प्रधानमन्त्रीसँग भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका मित्रराष्ट्रहरूको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’, परराष्ट्र सचिव राईले भने, ‘साथै नेपाल र संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत पुगेको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत बनाउन मद्दत पुगेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण