मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध, आवागमन ठप्प
शनिबार, २१ असार २०८२, १५ : ००
सारांश
- बाजुराको बडीमालिका ७, जिल्लीमा पहिरो जाँदा मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको छ।
- सडक खण्डमा पहिरो र खोलामा आएको बाढीले आवागमनमा समस्या पारेको छ।
- डीएसपीका अनुसार, पहिरो हटाए पनि पुल नभएकाले तत्काल सडक सञ्चालन गर्न सकिने अवस्था छैन।
बाजुरा । बाजुराको बडीमालिका ७, जिल्ली भन्ने स्थानमा शुक्रबार पहिरो खस्दा मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको छ। सडकका विभिन्न स्थानमा पहिरो र खोलामा आएको बाढीले समेत थप समस्या बनाएको छ।
कतिपय स्थानमा खोलामाथि पुल समेत नरहेकोले आवागमन पूरै ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीका अनुसार सडकको पहिरो हटाए पनि तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन।
दुई–तीन स्थानमा खोलामाथि पुल नभएको र पहिरो पनि ठुलो भएकोले समस्या आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
-
यी समस्या भएकाले खानु हुन्न गाईको घिउ
-
मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण