सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

देशका प्रमुख नदीहरूमा जलस्तर बढ्दो, सुदूरपश्चिम र कर्णालीका जिल्ला उच्च जोखिममा

आइतबार, २२ असार २०८२, ०९ : २०
आइतबार, २२ असार २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान गरेको छ।
  • सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
  • नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने क्रममा रहेको र केही स्थानमा उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आगामी तीन दिनसम्म विभिन्न नदीमा जलस्तर बढ्ने तथा साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार, आज नारायणी जलाधारका मर्स्याङ्दी, सेती, कालीगण्डकी तथा कर्णाली, भेरी, महाकाली, कन्काई, पश्चिम राप्ती र बबई नदीमा पानीको बहाव ूउल्लेख्य बढ्नेू अनुमान गरिएको छ। कोशी, कमला र बागमतीका सहायक नदीहरूमा भने बहाव सामान्य रूपमा बढ्नेछ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्यूठान, जाजरकोट, दैलेख र आसपासका जिल्लाहरू भएर बग्ने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ।

त्यस्तै, बागमती र गण्डकी प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान छ।

महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र बाढीको जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

515265085_122182763240355476_7802725882207126609_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप