शिक्षामा सकारात्मक रूपान्तरण ल्याउन लिडरसिप सम्बन्धी प्रशिक्षण
सारांश
- प्याब्सन बुढानीलकण्ठ र इम्पेरियल वर्ल्ड स्कुलले स्कुल कल्चरसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गर्यो।
- प्रशिक्षणको उद्देश्य शिक्षकको नेतृत्व विकास र विद्यालयको संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउनु हो।
- कार्यक्रममा दीपक श्रेष्ठ र जुनीता कार्कीले प्रशिक्षण दिए, जसमा शिक्षण पद्धतिबारे छलफल गरियो।
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) बुढानीलकण्ठ र इम्पेरियल वर्ल्ड स्कुलको सहकार्यमा लिडरसिप एण्ड स्कुल कल्चर सम्बन्धी एकदिवसीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका नेतृत्व, शिक्षक तथा विद्यालय प्रशासकहरूको क्षमता विकास गर्ने उद्देश्यले इम्पेरियल वर्ल्ड स्कुलमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमले शिक्षकको नेतृत्व विकास तथा विद्यालयको संस्कृतिमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बुढानीलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्यम श्रेष्ठले बताए । उनले कार्यक्रम सञ्चालन इम्पेरियल वर्ल्ड स्कुलको सहयोगमा गरिएको जानकारी दिए । बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिने कार्यक्रममा शिक्षण पद्धतिका बारेमा आन्तरिक आदान प्रदान, विद्यालयको शिक्षण पद्धतिमा रूपान्तरण कसरी गरिने भन्ने बारे केन्द्रित रहने बताए ।
शिक्षा क्षेत्रमा अनुभवी प्रशिक्षक दीपक श्रेष्ठ र जुनीता कार्कीले प्रशिक्षण दिएका छन् । पछिल्लो समय विद्यालय नेतृत्वले सिक्नुपर्दैन भन्ने भाष्य रहेपनि विद्यालयको समग्र शिक्षण पद्धति र शिक्षण सिकाईलाई रूपान्तरण गर्न नेतृत्वको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्कुलमा सिक्ने सिकाउने कार्यलाई थप सहयोग गर्ने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको इम्पेरियल वर्ल्ड स्कुलकी प्रिन्सिपल जुनीता शाही कार्कीले बताइन ।
स्कुलको भिजनसँग नेतृत्वलाई अलाइन्स गर्न सके २१ औ शताब्दीको शिक्षा दिन सहज हुने बताउँदै लीडरशिप एण्ड स्कुल कल्चर सम्बन्धी एकदिवसीय विशेष प्रशिक्षणमा छलफल गरिने बताइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण