दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै
सारांश
- दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पुर्याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अभियोजनकर्ताले अनुरोध गरेका छन्।
- युनमाथि सैनिक शासनको घोषणालाई लिएर आधिकारिक कागजातमा मिथ्याकरण गरेको आरोप लागेको छ।
- युनको कानुनी टोलीले पक्राउ पुर्जीलाई 'अत्यधिक र अवाञ्छित' भन्दै आलोचना गरेको छ, र आरोपको खण्डन गरेको छ।
सियोल । दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् । गत वर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो ।
उनी राज्य विद्रोहको अभियोगमा अदालतमा उपस्थित हुनुभएको छ र सैनिक कानुन (मार्सल ल) घोषणाको अनुसन्धान गरिरहेका एक विशेष वकिलले उनलाई सोधपुछ गरेका छन् ।
‘आज विशेष वकिलले सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा पूर्व राष्ट्रपति युन सुक योेललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पुर्याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्,’ विशेष वकिलमध्येका एक सदस्य (अभियोजक) पार्क जी–योङले सञ्चारकर्मीसँग भने ।
पार्कका अनुसार युनमाथि सैनिक शासनको घोषणालाई लिएर ‘आधिकारिक कागजातमा मिथ्याकरण गरेको’ आरोप पनि लगाइएको छ । पार्कले भने, ‘पक्राउ पुर्जीमा पूर्व राष्ट्रपति युनलाई किन हिरासतमा राख्नु आवश्यक छ भन्ने उल्लेख गरिएको छ, तर म यहाँ विस्तृत विवरण दिन सक्दिनँ ।’
अभिआयोजकहरूले गत जनवरीमा पक्राउ प्रयास असफल हुँदा युनले गरेको प्रतिरोधका साथै उनले सैन्य कानुन घोषणा गर्नुको औचित्यका रूपमा ड्रोनलाई प्योङयाङ उड्न अनुमति दिएको आरोपबारे शनिबार प्रश्न उठाएको थियो ।
युनको कानुनी टोलीले उक्त पक्राउ पूर्जी ‘अत्यधिक र अवाञ्छित’ भन्दै आलोचना गरेको छ । उनको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले आरोपको पूर्ण रूपमा खण्डन गरेका छौँ र कानुनको रूपमा कुनै पनि अपराध स्थापित गर्न सकिँदैन भन्ने प्रमाणित गरेका छौँ।’
‘विशेष वकिलले अनुसन्धानका क्रममा कुनै वस्तुगत प्रमाण प्रस्तुत गर्न सकेनन् र साक्षीको बयानका आधारमा पनि आरोप टिक्न सक्दैन,’ उनीहरूले भने ।
गतहप्ता अदालतले विशेष वकीलले ‘युनले सुरुमा सोधपुछको लागि उपस्थित हुन इन्कार गरेको तर उनले आवश्यक भएमा भविष्यमा उपस्थित हुने इच्छा व्यक्त गरेको भन्दै गिरफ्तारीका लागि अनुरोध गरेको पक्राउ पुर्जी खारेज गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण