अमेरिकाद्वारा आठ पुरुष सुडान डिपोर्ट
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आठ जना पुरुषलाई दक्षिण सुडान डिपोर्ट गरेको छ ।
जिबुटी पठाएपछि उत्पन्न भएको कानुनी लडाइँपछि प्रशासनले यो कदम चालेको हो ।
यी पुरुषहरूलाई हत्या, यौन उत्पीडन र लुटपाटलगायत अपराध गरेको अभियोग लगाइएको थियो । यी सबैमध्ये केही सजाय पूरा गरिसकेका थिए कि पूरा गर्ने क्रममा थिए । आठ जनामध्ये एक जना मात्रै दक्षिण सुडानका हुन् । बाँकी ७ जना म्यानमार, क्युबा, भियतनाम, लाओस र मेक्सिकोको भएको बताइएको छ ।
अधिकांशको गृह देशले यिनीहरूलाई लिन नमानेको अमेरिकी अधिकारीले भनेका छन् । यिनीहरूको भविष्य के हुन्छ भन्ने अनिश्चित छ । ट्रम्प प्रशासनले गैर कानुनी रूपमा अमेरिका बसिरहेका वा आपराधिक पृष्ठभूमि भएका तर उनीहरूको गृह देशले लिन नमानेका आप्रवासीहरूलाई तेस्रो देशमा पठाउने कामलाई तीव्र बनाउने तर्फ काम गरिरहेको छ ।
यसअघि पनि प्रशासनले एल साल्भाडोर र कोष्टारिकाका मान्छे पठाइसकेको छ । रुवान्डाले यससम्बन्धी छलफलको पुष्टि गरेको छ । बेनिन, एङ्गोला, लगायत अरु केही देशसँग यस विषयमा छलफल भइरहेको खबर आइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण