बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

गोली चलाएर ३ जना लागुऔषध कारोबारी समातिए

आइतबार, २२ असार २०८२, १९ : ४२
आइतबार, २२ असार २०८२

काठमाडौँ । प्रहरीले मोरङको रंगेली नगरपालिका वडा नम्बर–८ मा गोली चलाएर ३ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

आइतबार दिउँसो कारोबारीलाई पक्राउ गर्ने क्रममा १ राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

प्रहरीले भारतीय नागरिक ४५ वर्षीया हसिना खातुन, रंगेली घर भएकी ३८ वर्षीय सुशील बुढाथोकी र ५४ वर्षीय कृतानन्द ठाकुर छन् । 

लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट ४ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप